सृष्टि पौडेल 

“तिमी ट्रेकमा पाँच जना केटाहरुसित एक्लै गयौ, अब अरु कसैले तिमीलाई बिग्रेकी केटी भन्लान् । सो कस्लाई बिग्रेको भन्नी कसलाई नबिग्रेको ।” एकजना साथीसंग फेसबुकमा च्याट गर्दा रिप्लाईमा आएको यी शब्दहरु पढेर म झसंग भएँ । Thorangla Pass ( Round Annapurna Trek ) गएर आएको एक हप्ता बितिसक्दा पनि आफ्नो बारे यस्तो कुरा न मैले कसैबाट सुनेको थिएँ न त सोचेको नै !! च्याटको प्रसङ्ग अरु कुरामा मोडिए, तर मलाई भित्र भित्र अघि गरेका कुराले असर गरि नै रहेको थियो !!

३ हप्ता अघि: “ओई केटी मलाई त घरबाट जान दिनुभएन, अब त sure नजाने भएँ, केहि आश छैन अब त।” फोनमा मेरी साथीले यति भनेपछि मेरो मन भित्रको आशाको दिप निभिसकेको थियो। ‘ल अब म पनि मेरो Dream Trek मा जान नपाउने भएँ ।’ यो कुरा म जति realize गर्थें त्यति नै म घोरिन थाल्थें। आफू वरपर के कुराहरु हुदैछन् केही भेऊ पाउथिन, एकैछिनको लागि त मानौं पागल नै भएँ । केटाहरु त जसै जान्छन् । अहिले नगई अर्को पाली जानु भनेको ‘मरेपछि स्वर्ग गईन्छ’ भनेर आश गर्नु जस्तो मात्र थियो, पछि जाने मौका मिल्ला नमिल्ला के ग्यारेन्टी !! भविष्यमा जान पाइएला भन्ने सोचेर यो मौका कसरी गुमाउन सक्छु म !!

Thoranglapaasजानु मेरो लागि Trek मात्र थिएन, त्यो यात्रा मेरो लागि परिक्षा थियो, सहनशीलताको परिक्षा, साहासको परिक्षा, हिम्मतको परिक्षा । थोरंगला गएर मैले आफूले आफैंलाई चिन्न चाहन्थें – मेरो क्षमता कति छ अनुभव गर्न चाहन्थें, आफू सधैं घुलमिल भएको भन्दा फरक वातावरणमा जाँदा आफ्नों शरीरले कसरी adaptation गर्छ अनुभव गर्न चाहन्थें, asthma को सुरुवाती लक्षण देखिएको मेरो फोक्सोले त्यहाँको पातलो र चिसो हावासंग डटेर मलाई बचाउन सक्ला कि नसक्ला हेर्न चाहन्थें । कुरा परिक्षाको मात्र थिएन, RAT यात्रा मेरो वाल्यकाल, मेरो जीवनको बिगत २० वर्षको हरेक पलसित जोडिएको थियो । बाबा लेक जाँदा गाएका गीत, बाघसित जम्का भेट भएको कथा, Bear Grylls ले Man Vs Wild मा गरेको thrilling adventures, ‘छोरीलाई नेहरुका चिठी’ किताबमा धर्तिमा जीवनको सुरुवात कसरी भयो भन्ने कहानी जस्ता कुराहरु सुनेर, हेरेर, पढेर हुर्केको कारणले होला मलाई प्रकृतिको हरेक रुपले अचम्मको प्रभाव पार्छ ।

दु:खी हुदाँ एकैछिन लामो सास फेरेर हरियो वनतिर वा सेताम्मे हिमाल हेरेर चिसो हावाको स्पर्श गर्नुपर्छ, ती सब पिडा कता हराएर जान्छ कता !! पोखरामा जन्मे हुर्के पनि हरेक दिन उत्तरपट्टिको हिमालय शृंखलाले मेरो मनको भित्री तार हल्लाई दिन्छ – “आहा !! कति राम्रो देखिएको हो के हिमाल ।” हिमालले दिने जस्तो स्फूर्ति जीवनमा सायद नै अरु कुनै कुराले दिन सक्ला मलाई । त्यसैले थोरंला यात्रा मात्र यात्रा थिएन, यो यात्राबाट मैले हिमाललाई अझ नाजिकबाट चिन्न चाहन्थें, उसको भिन्न रुपसित परिचित हुन चाहन्थें, मर्स्याङ्दी नदीको बुढेसकाल देखि बाल्यावस्था हेर्न चाहन्थें, Tilichoको नीलो पानीको गहिराई र त्यसको अलि पर क्षितिजमाथि देखिने नीलो आकाशको गहिराई तुलना गर्न चाहन्थें । Manangको आतिथ्य, High Camp को चिसो, Thorangla pass को घाम …. I not only wanted to see these all, but to feel them!! मलाई मुस्तांगी भाइको हाँस्दाखेरि सानो हुने आँखाको innocence हेर्नुथ्यो, खांग्सारकी गुरुङ बज्यैको दह्रो हातको स्पर्श लिनु थियो, Tilicho Base Camp को होटेलको साहुको प्रसन्न अनुहार हेर्नु थियो, याक खर्कमा चौंरीको दुध दुहुने बाजेको निधारको रेसा गन्नु थियो । Letdarर थोरंग फेदीको बिचमा सानो पसलबाट संसारकै सबैभन्दा मिठो चिया संगसगै माया र दया बाँड्ने प्यारी भोटीनी दिदीको आतित्थ्य, High Camp को उकालोले थकित पर्यटकको सुस्केरा, दिनहुँ कयौं मानिसलाई थोरंगला बोकेर दौडिने घोडाको खुरको टकटकी र त्यस संगसगै ताल मिलाएर दौडने भोटे दाईको स्फूर्ति, मुक्तिनाथको १०८ धारो मुनि दौडदै गरेका मानिसको सन्तुस्ट मुस्कान, खिंगाको थकाली दिदीले खुवाउने याकको घ्यू र सुची, मार्फाको बोटैबाट टिपेर खान पाइने स्याउको मिठास …. I wanted to experience all these priceless beauties of life. RAT मात्र यात्रा थिएन, यो मेरो जीवनको एक पाटो थियो । It was a lifelong lesson for me, a once in a life time opportunity to live my dreams !!

‘आफ्नो सपनाहरुलाई पक्ष्याउन नछोड’ भन्ने सानैदेखि सुनेको बाबा ममीको वाक्यले होला – I couldn’t just let it go !!मैले निधो गरें, म ट्रेक जान्छु । तर बाबा ममीलाई भन्ने आँट आएन । हुन त मेरो स्वभावको बारे मेरो परिवारलाई जत्तिको त कसलाई नै थाहा होला र । ‘चन्चले, जे पनि बिगार्ने, भत्काउने’, मेरा बारेमा यस्तै यस्तै कुरा हुन्थे घरमा । Trek and adventure ले मेरो जीवनमा के महत्व लिन्छ भन्ने कुरा मैले उहाँहरुलाई बुझाउन त्यति आवश्यक नै थिएन, उहाँहरुलाई पहिले नै सबै थाहा थियो किनकि मेरो स्वभाव यस्तो हुनुमा पनि उहाँहरुकै हातथ्यो – बाबाको बाल्यकालका कथाको, ममीले आफ्नो जीवनमा गर्नु भएको हिम्मत र साहसको प्रदर्शनको । तर यस्ता तर्कको सहायताले जति हिम्मत दिलाउन खोजेपनि जाने अनुमति नपाउने डरले मैले भन्न सकिन !! दिन बित्यो, रात बित्यो.. अन्त्यमा हिम्मत जुटाएर भनें – “ बाबा, ममी म एक्लै केटी भएपनि जाम ??” … उत्तर आएन । स्वभाविक थियो । पाँचजना केटा एक्ली केटी– कसरी पठाउने !! कहाँका केटा हुन्, कस्ता केटा हुन् !! थोरंगला जान्छु भनेर पहिलो चोटी भन्दा मैले अनुमति पाएको थिएँ, त्यतिबेला मेरी फोन गर्ने साथी पनि जाने कुरा थियो, तर अहिले । अहिले कुरा फरक थियो – म ग्रुपमा एक्ली केटी थिएँ । धेरै बेर कुरें , तर उत्तर आएन । पक्कै पनि बाबा ममीलाई निर्णय लिन अत्यन्तै कठिन थियो। किन नहोस्, even मैलाई पनि ‘जान्छु’ भन्ने निर्णय लिन त्यति सहज थिएन । विश्वास गर्न सजिलो थिएन । पहिलो कुरा त आफैलाई आफ्नो विश्वास – जान सक्छु, गर्न सक्छु भन्ने विश्वास, साथीहरु प्रतिको विश्वास । साथीहरु- जसलाई मैले ३ वर्ष चिनेको थिएँ, उनीहरुको रिस, हाँसो, खुसी, दु:ख, माया, सहयोग, असल र खराब सबै व्यवहारलाई ३ वर्षसम्म नजिकबाट अनुभव गर्ने मौका पाएको थिएँ । ‘३ वर्ष नजिकबाट!!’ यो सानो कुरा थिएन । हाम्रो मित्रताको यति लामो अन्तरालमा मलाई कहिल्यै पनि उनीहरुबाट केही असुरक्षाको महशुस भएको थिएन । They were always there- on my happiness and on my sorrows. सायद मित्रता भनेको यहि नै होला – एक अर्काको साथ । लामो मित्रताको अन्तरालसम्म मैले पाएको उनीहरुको व्यवहारले – they deserved to be trusted, so I trusted them – and that was the best decision of my life !! त्यसैले पक्कै पनि – निर्णय लिन गाह्रो थियो तर त्यो निर्णयबाट मैले जीवनको ठूलो पाठ सिकें – “ Sometimes we just need to give chance for things to prove itself “ and this time, I gave our friendship a chance.

सायद बाबा ममीले जीवनको त्यो ज्ञान पहिले नै बुझिसक्नु भएको थियो – त्यसैले त उहाँहरुले मलाई मौका दिनु भयो, मेरो उहाँहरु प्रतिको loyalityलाई prove गर्ने मौका, I finally got permission to go, to live my dreams, my life!! सायद आफ्नो जीवन खुलेर, निर्धक्कसंग जिउन पाउने मौका नेपालमा थोरै मात्र केटीहरुले पाएका छन् । धन्य मेरो परिवार !!

मेरो बाबा ममीलाई गाह्रो भएन र अनुमति दिन ? किन नहुनु – पक्कै पनि भयो – केटा साथीहरुसंग, त्यो पनि एक्लै, घुम्न गएकी छोरी, त्यो पनि त्यस्ता केटाहरु जसको बारेमा उहाँहरुले मबाट धेरै कुरा सुन्नु त भएको थियो , तर आफैले संगत गर्नु भएको थिएन । तर जीवनमा धेरै कुरा सायद विश्वासमा अडिएको हुदो रैछ – उहाँहरुले मेरो loyalityमा विश्वास गर्नु भयो र मैले मेरो मित्रतामा र परिणाम – मैले मेरो सपनाको ठाउँलाई साँचिकै नजिकबाट अनुभव गर्ने मौका पाएँ, आफ्नो डरलाई जित्न पाएँ, जीवनको सुनौलो रुप देख्न पाएँ, खुला आकाशमा उडान भर्न पाएँ।

अन्त्यमा मेरो थोरंगलाको यात्राको बारेमा प्रश्न गर्दै आफ्ना मनमा लागेका कुराहरु व्यक्त गर्नु हुने मेरो साथी वा मलाई चिन्नु नचिन्नु हुनेलाई त के नै भन्न सक्छु र । उहाँले त सिर्फ – एउटा बिग्रेकी केटी देख्नुभयो तर सायद देख्नु भएन- उसको जीवनमा thoranglaयात्राले बोक्ने महत्व, त्यहाँ जान तिर्खाएको उसको मन, उसको मनमा उठेका अनेक तर्क बितर्कका लहर, निर्णय लिँदा बढेको उसको ढुकढुकी, उसको निर्णय सुनेर चकित परेका उसको परिवारका आँखा र आफ्नो माया र छोरीको स्वभावलाई विश्वास गरेर जीवनका सुनौला पाठ सिक्न स्वतन्त्रता दिने उसको परिवारको हिम्मत । उहाँलाई के थाहा – बसपार्कमा छोरीलाई यात्राको लागि बिदाई गर्दा त्रास, गर्व, खुशी र अन्योलले गर्सित बुवाको अनुहार र यात्राको लागि अघि बढेको बसबाट बाबाको हराउँदै गएको छाया हेर्दै जीवनको नयाँ अनुभव संगाल्न उत्षाहित त्यो छोरीको मनको तरङ्ग । … उहाँलाई त सिर्फ यत्तिमात्र थाहा छ – ‘एक्ली केटी र पाँच जना केटा’ । सायद !! सायद !! उहाँले पनि आफ्नो छोरी, दिदी वा बहिनी प्रतिको माया र उनीहरुको सपना र निर्णयमा विश्वास गर्न सक्नु भएको भए बुझ्नु हुनेथ्यो होला, 5416m मा पुग्दाखेरि फैलिएको ‘बिग्रेकी केटी’ को मनको खुशी, उसको प्रसन्नता !!!

(लेखक जियोम्याटिक्स इन्जिनियरिङकी बिद्यार्थी हुन्|)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here