यही वर्ष आउला त कृ ? भदौमा रिलिज गर्ने भनेको फिल्म अझै सुटिङ

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Anmol-Kc-600×330

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ उनकै लोकप्रियताका कारण बहुप्रतिक्षित चलचित्र भएको छ । बहुप्रतिक्षित त भयो, तर प्रदर्शन मिति कुर्दा–कुर्दै दर्शकहरूलाई भने वाक्क लाग्ने बेला भैसक्यो । छायांकनमा जानुअघि ‘कृ’लाई यही वर्षको भदौ १६ गते रिलिज गरिने बताइएको थियो ।

भुवन केसी र सुवास गिरीले संयुक्त रूपमा निर्माण गरिरहेको ‘कृ’लाई छायांकनका बेला प्रदर्शन मिति एक साता अघि सारेर भदौ ८ तोकियो, तर छायांकन लम्बिँदै गएपछि अनमोलको लुक्स सार्वजनिक गर्दै फेरि आएर कात्तिक ३ गतेको मिति तय गरियो ।

अहिले फेरि चलचित्र ‘कृ’ त्यो मितिमा पनि नआउने भएको छ किनभने हालसम्म यो चलचित्रको छायांकन सकिएकै छैन ।

यसबीच अनमोल अमेरिकामा एवार्ड थाप्न पुगे । मनाङमा गरिनु पर्ने दश दिनको छायांकन अब दसैंपछि गरेर ‘कृ’लाई शिवरात्रीका बेला प्रदर्शन गर्ने तयारी भैरहेको बताइन्छ ।

उक्त मितिमा पनि प्रदर्शनमा आउन नसके चलचित्र ‘कृ’ यो वर्ष प्रदर्शनमा आउने संभावना टरेर जानेछ । एक वितरकका अनुसार यो वर्षका लागि त्यसपछिको कुनै पनि मिति खाली छैन ।

साप्ताहिक

Related News

सम्बन्धित समाचार

Archives

Archives