चाईनिज आइडलमा नेपाली पोशाक लगाएर सहभागी सन्देश देउजाको वाहवाही

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
chinese-idol-660×330

दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएर नेपाली ठिटो नेपालको गायन रियालिटी शो नेपाल आइडल जस्तै चिनियाँ सांगीतिक सागरमा सहभागी छन् । उनले आफ्नो प्रस्तुतिले निर्णायक र दर्शकको मन पनि उत्तिकै लुटे ।

उनी हुन् भक्तपुर घर भई चिनमा बस्दै आएका सन्देश सिंह देउजा । उनले आफ्नो फेसबुकमा हालेको सो भिडियो झण्डै ५ लाखले अहिलेसम्म हेरिसकेका छन् भने हजारौंले शेयर गरेका छन् ।

सबैभन्दा धेरै नागरिक बसोबास गर्ने चिन र विश्वमै सबैभन्दा धेरै बोलिने भाषा चाइनिज भाषामा गीत गाएर नेपाल र नेपाली पोशाकको गरिमा उच्च राखेकोमा प्रशंसा गरिएको छ ।

नेपाली भारतीय शो हरुमा सहभागी त भएकै थिए । चिनमा समेत यति ठूलो कार्यक्रममा सहभागी भएको सम्भवतः पहिलो हो । भिडियो हेर्नुहोस्

Related News

सम्बन्धित समाचार

Archives

Archives