बीबीसी

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको ३५ वर्ष पुरानो पत्र सार्वजनिक भएका छन् । उक्त प्रेमपत्र उनले कलेज पढ्ने बेला आफ्नी प्रेमिकालाई पठाएका थिए ।

ती पत्रमा ओबामाले जाती, वर्गका साथै आर्थिक असुरक्षाको भावना पनि व्यक्त गरेका छन् ।

आफ्नो उमेरको तेस्रो दशकमा बराक ओबामाले उक्त चिट्ठी अलेक्जेन्ड्रा म्याकनियरलाई लेखेका थिए जोसँग उनको भेट क्यालिफोर्नियामा भएको थियो ।

यीमध्ये केही चिट्ठीमा पूर्व राष्ट्रपतिको जीवनको सुरुवाती संघर्ष स्पष्ट रुपमा देख्न सकिन्छ । सन् २०१४ मा इमोरी युनिभर्सिटीकी रोज लाइब्रेरीले यी चिट्ठी हाँसिल गरेकी थिइन् जसलाई अहिले सार्वजनिक गरिएको छ ।

लाइब्रेरीकी निर्देशक रोजम्यारी म्यागी भन्छिन्, ‘यी चिट्ठीहरु निकै सुन्दर तरिकाले लेखिएको छ र त्यसमा एक नौजवानको पहिचान र आफ्नो जीवनलाई अर्थ दिन गरिएको खोजी देखिन्छ ।’

लामो दुरीको प्रेमः

यी चिट्ठी सन् १९८२ देखि १९८४ को बिचमा लेखिएको हो । त्यसको पाँच वर्ष पछि बराक ओबामा पहिलो पटक मिशेलसँग डेटमा गएका थिए । पछि मिशेल र बराकले विवाह गरे ।

अलेक्जेन्ड्रा म्याकनियरलाई लेखिएको सुरुवाती चिट्ठीमध्ये एक चिट्ठीमा ओबामा लेख्छन्, ‘मलाई विश्वास छ, तिमीलाई थाहा छ कि म तिमीलाई कति याद गर्छु, म हावाजस्तै हरेक पल तिमीसँगै हुन्छु । म तिमीमाथि सागरको गहिराइजत्तिकै विश्वास गर्छु । हाम्रो प्रेम असिमित छ ।’

चिट्ठीको अन्त्यमा लेखिएको छ, ‘प्रेम, बराक ।’

ओबामा र अलेक्जेन्ड्राको लामो दुरीको यो प्रेम धेरै समयसम्म टिक्न सकेन । सन् १९८३ मा ओबामा लेख्छन्, ‘मैले तिमीबारे धेरैपटक सोचें । म आफ्नो प्रेम र भावनाको विषयमा अहिले पनि तनावमा छु ।’

‘मलाई लाग्छ कि जुन कुरा हामीले पाउन सक्दैनौं त्यही नै प्रिय हुन्छ । यही कुराले दुबैलाई जोडेको हुन्छ र यसैले हामीलाई टाढा पनि बनाएको हुन्छ ।’

बाटोको खोजीः

एक चिट्ठीमा ओबामाले आफ्ना एक साथीबारे बताउँछन् जसले आफ्नो पारिवारिक व्यापार सम्हालेर जीवनलाई व्यवस्थित बनाएका थिए ।

तर ओबामाको परिस्थिती केही भिन्न थियो । उनका पिता केन्याबाट थिए, ओबामाको जन्म हवाईमा भयो र उनले आफ्नो जीवनको सुरुवाती समय इन्डोनेसियामा बिताए ।

ओबामा लेख्छन्, ‘म आफूभित्र निकै जलन महसुस गर्छु । म कुनै विशेष वर्ग वा संस्कृतिसँग जोडिएको छैन । मलाई एउटा कुराको भित्री महसुस हुन्छ कि मेरा लागि केही भिन्न बाटो बनेको छ ।’

‘आफ्नो एक्लोपनलाई भगाउनका लागि मसँग एउटै मात्र बाटो छ, त्यो हो म सबै संस्कृति र वर्गलाई अपनाऔं र त्यसले आफूलाई जोडौं ।’

सन् १९८३ मा ग्रेजुएट भएपछि ओबामा जब इन्डोनेसिया फर्किए तब उनी आफूलाई त्यहाँका मानिससँग जोडिएको महसुस गर्न सकिरहेका थिएनन् जसबारे उनी भन्छन्, ‘म त्यहाँको भाषा राम्रोसँग बोल्न सक्दिनँ ।’

मनभित्रको उल्झनः

ग्रेजुएट भएपछि ओबामालाई थाहा थियो कि उनी सामूदायिक परियोजनासँग जोडिएका कार्य गर्नेछन् ।

सन् १९८३ मा लेखिएको एक चिट्ठीमा उनी लेख्छन्, ‘केही हप्ता पहिले मसँग आफ्नो रिज्यूम र लेख पोष्टमार्फत पठाउनका लागि पैसा थिएन । त्यसको अर्को हप्ता एक टाइपराइटर भाडामा लिनका लागि मैले आफ्नो चेक बाउन्स गर्नुपर्यो ।’

‘सामूदायिक संगठनमा निकै कम पैसा पाइन्छ । त्यसकारण मैले थप मेहनत गर्नुपर्छ जसले म आफ्नो ऋण चुक्ता गर्न सकूँ ।’

एक अन्तर्राष्ट्रिय बिजनेस कम्पनीको प्रकाशन विभागमा काम पाएकोमा ओबामा लेख्छन्, ‘सबैले मेरो काँध थप्थपाइरहेका छन् र मेरो कामको प्रशंसा गरिरहेका छन् । म आफ्नो कम्पनीको विश्वास लायक एक पात्र बनेको छु ।’

यद्यपी, यतिबेला उनी यो कुराको पनि चिन्ता गर्न थाल्छन् कि कर्पोरेट कम्पनी उनको मूल्य र आदर्शलाई बिस्तारै बिस्तारै कम गरिरहेका छन् । ओबामाको चिट्ठीबाट यो पनि स्पष्ट हुन्छ कि उनी भविष्यमा केही ठूलो काम गर्न चाहन्थे ।

अलेक्जेन्ड्रालाई लेखिएको आफ्नो एक चिट्ठीमा उनी लेख्छन्, ‘मेरा बिचार सायद अब त्यति उज्यालो छैन जति स्कूलका दिनमा थिए तर त्यसमा परिपक्वता र भारीपन पक्कै पनि आएको छ । यसको मद्दतले म कुनै कार्यप्रति समिक्षकभन्दा धेरै भागिदार बन्ने कुरामा विश्वास गर्न थालेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here