संसारकै सबैभन्दा फराकिलो सडक, २६ लेन

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Wide-Road-600×330

अहिले नेपालमा सहरी सडक तथा राजमार्गहरू फराकिलो बनाउने अभियान नै चलेको छ । तत्काललाई दु:ख नै भए पनि तिनले भविष्यमा नेपालको सडक यातायातलाई सुगम बनाउने विश्वास मानिसहरूमा छ ।

नेपालमा सडक फराकिलो बनाउने अभियान चलिरहेकै सन्दर्भमा संसारकै सबैभन्दा फराकिलो सडक कुन होला भन्ने जिज्ञासा हुनु स्वभाविक हो ।

संसारकै सबैभन्दा फराकिलो सडक अमेरिकाको टेक्सास राज्यस्थित द क्याटी फ्रि वेलाई मानिन्छ । टेक्सास राज्यको ह्युस्टन सहरको द क्याटी फ्रि वे २६ लेनको सडक हो, जसमध्ये १२ मुख्य लेन छन् भने ८ वटा लेन फिडर लेनका रुपमा र ६ वटा लेन म्यानेज लेनका रूपमा छन् । त्यसबाहेक यो सडकसँगै ४ वटा अलग्गै सर्भिस ट्रयाकसमेत निर्माण गरिएका छन् ।

यो सडकका प्रत्येक लेन ३ दशमलव ७ मिटर चौडा छन् । ती लेनको दायाँबायाँ निर्माण गरिएका फुटपाथको चौडाइसमेत ३ मिटर छ । हरेक लेनको बीचमा १ दशमलव २ मिटर ठाउँ खाली छोडिएको छ ।

यो सडकमा हरेक दिन २ लाख १९ हजार सवारी साधन गुड्छन् । अमेरिकाको सडक विभागका अनुसार यो सडकले आगामी ५० वर्षसम्म सेवा दिन सक्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives