यस्तो थियो पोखरा रंगशाला, फेरिने भो त अब रंगशालाको अनुहार !

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Pokhara-Stadium

केशब पाठक, पोखरा, ११ फागुन / लामो पर्खाइ पछि अब पोखरेली खेल प्रेमीहरुले पोखरा स्टेडियममा बसेर फुटबलको मज्जा लिन पाउने भएका छन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको बुधवार सम्पन्न बैठकले केही महत्वपुर्ण निर्णय गरेपछि रंगशालाको मुहार केही भएपनि नयाँ रुपमा देख्न पाइने भएको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले रंगशाला भित्रको महत्वपुर्ण रहेको फुटबल स्टेडियमको डिटेल प्रजेक्ट रिर्पोट (डिपिआर) का लागि तयारी सुरु गरिने समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

बैठकले डिपिआर फागुन १५ गते बाट सुरु गरिने निर्णय गरेको छ । ‘आसन्न १३ औं साग खेलकुदलाई मध्ये नजर गर्दै रंगशालाको डिपिआरका लागि समितीले पहल थालेको’ अध्यक्ष पौडेलले बताए । उनले भने –‘हामीले डिपिआरका लागि १५ लाख छुट्टाएका र्छौ र यो चाँडै नै सक्ने गरि कामको जिम्मा समेत दिनेछौं ।’ डिपिआर पछि पोखरा रंगशालाको नयाँ प्रारुप तयार हुने समेत उनको भनाई थियो ।

लामो समय देखि पानीको अभावमा काकाकुलको नियती भोग्दै आएको पोखरा रंगशालामा ड्रिलिङ्ग गरि पानी निकाल्ने तयारी गरिएको छ । यहि फागुन १५ गते बाट नै ड्रिलिङ्गका लागि समेत कार्य थालनी गरिने गरि समितीले निर्णय गरेको अध्यक्ष पौडेलले बताए । २०५९ सालमा तत्कालिन पर्खाल निर्माण समितीले पानीको लागि ड्रिलिङ्गको व्यवस्था गरेको भए पनि मर्मत सम्भार अभावका कारण बन्द हुन पुगेको थियो । तर अब त्यस्तो दोहोरिन नदिने र सो को लागि छुट्टै निर्माण समिती गठन गरि संचालनको जिम्मा समेत दिइने उनले बताए ।

हरेक महिनाको पहिलो शनिवार पोखरा रंगशाला सरसफाई अभियानको थालनी गरिने गरि बैठकले निर्णय समेत गरेको छ । रंगशाला सरसफाईका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना संग पनि सहयोग लिइने छ भने विभिन्न खेलकुदका संघहरुलाइ अनिवार्य गर्ने गरि निर्णय भएको छ भने सरसफाइका लागि विभिन्न स्वयसेवी संस्थाहरुलाई सहभागिता जनाउन आग्रह गरिने अध्यक्ष पौडेलले बताए ।

सम्पन्न बैठकले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक बिजेताहरुलाई रोजगारको प्रत्याभुती गर्न पोखरामा रहेका विभिन्न औधोगिक घरानियाँहरु संग पहल थालिने निर्णय भएको जानकारी दिए । ‘उनीहरुको रोजगारको शुनिस्चितता गर्नु हाम्रो कक्र्तव्य हो र त्यो अनुसार हामी छिट्टै पहल थाल्छौ’ उनले भने । स्मरण रहोस सातौं राष्ट्रिय खेलकुदमा ८ जनाले पश्चिमाञ्चल बाट स्वर्ण पदक जितेका थिए ।

तस्विरः सुदर्शन रञ्जित

Related News

सम्बन्धित समाचार

Archives

Archives