मोरङ ६ मा लालबाबुसँग काँग्रेसले शेखर कोईराला भिडाउने, एमालेलाई चार, माओवादीलाई दुई सीट

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १४, २०७४
Morang

बिराटनगर, १४ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सफल पूर्व मन्त्री लालबाबु पण्डित मोरङ ६ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । नेपाली काँग्रेसले केन्द्रिय नेता शेखर कोईरालालाई लालबाबुसँग भिडाउँदैछ ।

नेकपा एमाले र माओवादीले मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ सिट र २ सीटमा भागवण्डा गरेका छन् । प्रदेशसभाका १२ सीटमध्ये दुबै पार्टीले आधा-आधा बाँडेका छन् ।

आइतबार भएको सहमति अनुसार मोरङको क्षेत्र नम्बर ४ र ५ माओवादीले पाउने भएको छ । क्षेत्र नम्बर १, २, ३ र ६ एमालेको भागमा परेको छ ।

एमालेले क्षेत्र नम्बर ३ मा भानुभक्त ढकाललाई टिकट दिएको छ । क्षेत्र नम्बर ६ मा लालबाबु पण्डित कांग्रेस नेता शेखर कोइरालासँग चुनाव लड्दैछन् । क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालसँग कांग्रेस उम्मेदवार मेडिकल सञ्चालक सुनील शर्मा भिड्दैछन् ।

मोरङको क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट माओवादी नेता शिवकुमार मण्डल चुनाव लड्ने भएका छन् । यस क्षेत्रमा कांग्रेसले उम्मेदवार तय गरिसकेको छैन ।

माओवादीले पाएको क्षेत्र नम्बर ४ मा कांग्रेसबाट महेश आचार्य चुनाव लड्दैछन् । यहाँ माओवादीले उम्मदेवार तय गर्न बाँकी छ ।

प्रदेशमा बराबर

मोरङका १२ वटा प्रदेशसभा सिटमा एमाले र माओवादीले बराबरी बाँडेका छन् ।

माओवादीले १, २, ३, ४ र ६ नम्बर क्षेत्रका प्रदेश नम्बर (क) पाएको छ भने ५ नम्बर क्षेत्रको प्रदेश नम्बर (ख) मा टिकट पाएको छ । बाँकी ६ वटा सिट एमालेले पाएको छ ।

अहिले पण्डितले चुनावी प्रचार अभियान सुरु गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives