काँग्रेस र माओवादीका टिकट नपाएका कोहि बागी, कोहि अनुपस्थित । एमालेका भने सबैजसो देखिए

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १६, २०७४
0

रञ्जन अधिकारी पोखरा, १६ कार्तिक / पार्टीबाट टिकट पाउनेहरु हर्षोल्लाषका साथ विहीबार उम्मेदवारी दर्ता गर्दा टिकट पाउन नसकेकाहरु भने कोहि बागी उठे त कोहि सहभागी नै भएनन् ।

नेकपा एमालेका तर्फबाट जिल्लाबाटै बढारिएकाहरु पनि खुशीसाथ सहभागी भएको देखिन्थ्यो । श्रीनाथ बराल, सीता गिरी ओली दर्ता स्थल नै पुगे । तुलबहादुर गुरुङ पार्टी कार्यालयमा देखिन्थ्यो । काँग्रेसबाट भने बागी उम्मेदवारी दर्ता गर्न पुगेका पालिखेबाहेक देखिएन । तारानाथ रानाभाट स्वयं अस्वस्थ छन् । महादेव गुरुङ, शोभियतबहादुर अधिकारी, मनोज गुरुङ, रामचन्द्र त्रिपाठी, रंगीला आचार्य कोहि देखिएनन् । माओवादीका पुराना नेता झलकपाणी तिवारी, विश्वप्रकाश लामिछाने पनि देखिएनन् ।

उम्मेदवारी दर्ता अघि बाम गठबन्धन र काँग्रेस दुवैले बाजागाजा सहित ठूला ठूला झण्डा बोकेर ¥याली सहित दर्तास्थल आएका थिए । नेकपा एमालेको पार्टी कार्यालय शान्तिबन र माओवादीको पार्टी कार्यालयबाट निस्केको ¥याली सिर्जनाचोकमा मिसिएर संयुक्त रुपमा उम्मेदवारी दर्ता स्थल पुगेको हो भने काँग्रेसको ¥याली पोखरा सभागृहबाट सुरु भएको थियो ।

उम्मेदवारी दर्ता सकिएपछि बाम गठबन्धनले रत्नचोक पुगेर संयुक्त सभा ग¥यो भने काँग्रेसले रत्नचोकमा सभा आयोजना ग¥यो । दुवै सभामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले बोले ।

कास्कीमा तामझामका साथ पुगेर नेताहरुले उम्मेदवारी दर्ता गरेका छन् । निकै सभ्य ढंगले उनीहरु चुनावी मैदानमा होमिएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives