सजिलै जागिर

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २८, २०७४
Purna Shrestha

के तपाईं जागिरको खोजिमा हुनुहुन्छ ? कि जागिर नपाएर भौतारिरहनु भएको छ ? यदी जागिर नपाएर भौतारिरहनु भएको छ वा तपाईं जागिरको खोजिमा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंलाई पोखराको हाम्रो जब नेपाल डटकमले रोजगार खोज्न सघाउने भएको छ । त्यो पनि निःशुल्क रुपमा ।

पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले नेपालका जुनसुकै ठाउँमा जागिर खोजि दिने हाम्रो जब नेपाल डटकमका प्रोपाइटर पूर्ण श्रेष्ठले जानकारी दिए । सन्ध्या कन्सल्टेन्सीका नाममा २०७० सालबाट सञ्चालित यस संस्थाले डिजिटलाइजेसन गर्दै वेबसाइटमार्फत सेवा दिन थालेको हो । यसअघी भने सन्ध्या कन्सल्टेन्सीमार्फत पोखरालाई कार्यथलो बनाएर काम गर्दै आएको थियो ।

जागिर दिने हाम्रो जबनेपाल डटकमका प्रोपाइटर श्रेष्ठ स्वयम् विदेशबाट फर्केका युवा हुन् । स्वदेशमा शिक्षा दीक्षा लिएर पनि रोजगार नपाउँदा विदेश पुगेकाले त्यहाँ पाएको दुःख र श्रम शोषण देखेर आफूले नेपालमै रोजगार दिलाउने उद्धेश्यले संस्था खोलेको उनले बताए ।

विहीबारदेखी देश तथा विदेश जुनसुकै ठाउँबाट जागिरका लागि फारम भर्न सकिने ब्यबस्था गरिएको प्रोपाइटर श्रेष्ठले बताए । जागिर दिने र खोज्ने दुबै पक्षलाई समेटेर संस्थाको सेवा बिस्तार गरेको उनको भनाई छ ।

यसका लागि शुरुमा जागिर खोज्ने वा जागिर दिने दुबैले संस्थाको www.hamrojobnepal.com लग इन गरेर त्यहाँ भएको फारममा विवरण भर्न सकिन्छ भने [email protected] मा मेल गरेर पनि फर्म भर्न सकिन्छ । फर्म निःशुल्क भर्न सकिने संस्थाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives