घाँटी रेटेर श्रीमतीको हत्या

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २९, २०७४
547717-knife-murder-stab-blood-gettyimages

सप्तरी २८, कात्तिक। सप्तरी बोदेबरसाइन नगरपालिका ३ गौराका ४० वर्षे जयप्रकाश यादवले श्रीमतीको घाँटी रेटेर हत्या गरेका हुन् ।

यादवले मंगलबार खेतमा आफूसँगै धान काट्न गएकी श्रीमती ललितादेवीको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ ।

यादवले धान काट्न प्रयोग गरिएको हँसियाले नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका हुन् ।

यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनाको खास कारण के हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ ।

श्रीमान श्रीमतीबीच केही दिन अगाडि पारिवारिक कलह भएको बुझिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives