गौचनको हत्यामा आपराधिक सञ्जालको हात

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २९, २०७४
sarad-gauchan-990×556

काठमाडौं, २८ कात्तिक । राजधानीको मुटु नयाँ बानेश्वरमा करिब एक महिनाअघि भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सनसनीपूर्ण हत्यामा संगठित आपराधिक सञ्जालको संलग्न रहेको प्रहरीले फेला पारेको छ ।

व्यवसायीबाट पैसा असुल्ने उद्देश्य पूरा नभएपछि हत्याको योजना बनाएको र हत्या योजनाकार नेपाल बाहिर रहेको पनि प्रहरीले खुलासा गरेको छ । हत्या योजना कार्यान्वयन गर्न गोली प्रहारमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार काठमाडौमा सार्वजनिक गरेको छ । घटना भएकै दिनबाट प्रहरी प्रधानकार्यालयबाट गठित सात सदस्यीय अनुसन्धान टोलीले शुरु गरेको अनुसन्धानक्रममा हत्याका घटनामा संलग्न पाँच जनालाई पक्राउ गर्न सफल भएको र फरार रहेका हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत लगायत आठ जनाको पूर्ण पहिचान खुलिसकेको अनुसन्धान टोलीका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश केसीले बताए ।

प्रहरीले सार्वजनिक गरेको अभियुक्तमा गोली प्रहार गर्ने सुटरसहित सहयोगी छन् । पक्राउ पर्नेमध्ये नुवाकोट पञ्चकन्य गाउँपालिकाका २१ वषीय राजीव स्याङ्तान, भारत, विहारका मुकेशकुमार पाण्डे, पसा शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समीरका निकटका सहयोगी हुन् ।

हत्याका घटनामा संलग्न आठ जना फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेमा समीरमान बस्नेत र मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा छन् । उनीहरुको खोजी भइरहेको डिआइजी केसीले बताए । विभिन्न आपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेत देशबाहिर लुक्दै आएका छन् । देशबाहिरबाटै उनले हत्याको नेतृत्व गरेका थिए । बुटवलका मनोज पुन भने एमालेसम्बद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यापछि फरार छन् ।

माग गरेजति पैसा नदिएकै कारण समीरमानले गौचनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ । तर, कति रकम मागेका थिए भन्ने केही खुलाइएको छैन । सबै निर्माण व्यवसायीबाट रकम संकलन गरेर दिन गौचनलाई पटकपटक धम्की दिँदै आएको प्रहरीको भनाइ छ । हत्याको योजना बनाएपछि उनीहरुले झण्डै एक महिनादेखि गौचनको निगरानी गरेको खुलेको छ । हत्यामा प्रयोग भएको मोटरसाइकल भने भारतबाट चोरेर ल्याइएको थियो र नेपाली नम्बर प्लेट राखेर प्रयोग गरिएको थियो । उद्योगी व्यवसायी गौचनको २३ असोजमा नयाँबानेश्वर निजकै खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।

News source – Adarsha samaj daily

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives