एसीसी यू–१९ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालद्वारा अफगानिस्तानलाई १०४ रनको लक्ष्य

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १, २०७४
images_cms-image-000035624

मलेसियामा जारी एसीसी यू–१९ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ। अफगानिस्तानका मुजिब उर रहमानले नेपालको ६ विकेट लिएपछि नेपालले २८ ओभरमा सवै विकेट गुमार १०३ रन मात्रै बनाउन सक्यो।

नेपालका अनिलकुमार साहले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। अर्कातर्फबाट विकेट गईरहँदा एकतर्फबाट अनिलले नेपालको ब्याटिङ सम्हालेका थिए।

अनिलले ५७ बलको सामना गर्दै ५० रन जोडे। उनको पारीमा ७ चौका र १ छक्का सामेल थिए।

त्यसबाहेक अन्य नेपाली ब्याट्सहरुको प्रदर्शन सम्झनलायक रहेन्। ओपनरद्धय जितेन्द्र सिंह (१) र मोहम्मद आसिफ सेख(०)लाई रहमानले छिटै पवेलिएन फर्काए भने कप्तान दीपेन्द्रसिंह ऐरी(६) लाई बोल्ड, रोहितकुमार पौडेल(४) लाई एलबिडब्लुको सिकार बनाए।

नेपालको स्कोर बढाइरहेका अनिललाई २४ औं ओभरमा रहमानले नै बोल्ड गरेपछि नेपाल दबावमा परेको थियो।

रहमानसँगै बंगलादेशका क्युज अहमद कमअलले २ विकेट लिए।

मलेसिया स्थित किन्नरा ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर ब्याटिङको थियो।

नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तान समूह ’बी’ को विजेता हो।

नेपाल पहिलोचोटी यू–१९ एसियाकपको सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गरेको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives