अण्डर सिक्स्टिनका क्रिकेट खेलाडी छनौट सम्पन्न

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ४, २०७४
Cricket

पोखरा, ४ मंसिर । नेपालको अण्डर सिक्स्टिन टिममा यस क्षेत्रबाट सहभागि गराउन खेलाडी छनोट गरिएको छ।

कास्की जिल्ला क्रिकेट संघको पहलमा कास्की, तनहुँ, चितवन र स्याङ्गजाका १६ जना खेलाडी छनोट गरिएको छ ।

छनोटमा परेका खेलाडीहरुमा चितवनका दिवश पौडेल, अशिष लम्साल, सुलभ बराल र रुपेश राय क्षेत्री छन् । तनहुँका शितल सुनार, मनोज श्रेष्ठ, स्याङ्गजाका सुजन गौतम र मनोज गौतम रहेका छन ।

कास्कीवाट मेख वहादुर सेन, मुस्कान थापा, ईशान श्रेष्ठ, देव शाह, प्रेम वहादुर गुरुङ्ग, सन्दिप छन्त्याल, किरण पौडेल र कृष्ण पौडेल छनोटमा परेका छन्।

छनोटमा परेका १६ जनामध्ये उत्कृष्ठताको आधारमा चार जना अन्तिम चरणको छनोटमा पर्ने छन् ।

ती चार जनाले सम्भवत पुषको दोश्रो साता वाट काठमाडौमा हुने वन्द प्रशिक्षणमा राखिने जानकारी कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले दिए ।

छनोट समापन कार्यक्रममा शुभकामना दिंदै जिल्ला खेलकुद संघ कास्कीका अध्यक्ष यामवहादुर गुरुङ्गले खेलाडीहरुले अनुशासनको साथै आफ्नो पढाइमा पनि उत्तिकै ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक, जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ्गले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives