होसियार, जाडो शुरु भएको छ। बच्चाको स्वास्थ्य बारे सोचौं।

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ४, २०७४
431638-hjgjg

जाडो मौसम सुरु भएको छ।जाडो मौसम सुरु हुनासाथ बच्चाहरुमा नाकमा पानी बग्ने, घाँटीमा खसखस तथा दर्द हुने, रुघाखोकी जस्ता समस्याहरु देखा पर्न थाल्छन। जसले गर्दा अभिभावकहरुलाई सबै भन्दा बढी चिन्ता हुन्छ । अहिले जाडो पनि सुरु भैसक्यो, कतै तपाइको बच्चाहरुमा पनि यस्तै समस्या देखा पर्न सुरु गरेको त छैन ? जाडो मौसममा कसरी बच्चाहरुलाई जोगाउने यो जानकारीमूलक सामाग्री पढेपछि थाहा पाउनु हुनेछ।
जाडोमा कसरी बच्चाहरुलाई स्वस्थ्य राख्ने भन्ने बारेमा सल्लाह दिंदै छौं।यदि तपाई चाहनुहुन्छ की जाडोमा तपाईको बच्चा स्वस्थ्य र फुर्तिलो रहोस, तपाईले केहि कुराहरुमा ध्यान दिनुपर्छ । जान्नुहोस के के कुरामा ध्यान दिएमा बच्चा स्वस्थ्य र फुर्तिलो रहन्छ

– बच्चालाई जाडोमा दिनहुँ नुहाउनु भन्दा चिसो कपडाले शरीर पुछ्ने गर्नुहोस।

– बच्चाहरुलाई खाना खान दिनुभन्दा पहिले र खाना खाईसकेपछि बच्चाहरुको हात एन्टीब्याक्टेरियल साबुनले धोइदिनुस जसले गर्दा किटाणु फैलन पाउदैन ।

– बच्चाहरुलाई ड्राइ फूड, जंक फूड तथा फास्टफूड खुवाउनुको सट्टा बिहान बेलुका पौष्टिक खान खुवाउनुहोस। बच्चाहरुलाई हरिया सागसब्जी, फलफुल तथा गेडागुडी राखेर पूर्ण खाना खुवाउनुहोस।

– बच्चाहरुलाई जाडो छ भन्दैमा कोठाभित्रै मात्रै नराख्नुहोस। बरु घाममा बाहिर निस्कन लगाउनुहोस जसले गर्दा बच्चाहरुलाई भिटामिन डी मिल्छ।

– घरमा मोबाइल वा कम्प्युटरमा खेल्न भन्दा खेल मैदान वा चउरमा खेल्न प्रेरित गर्नुहोस यसले गर्दा बच्चाको शारीरिक विकास राम्रो र छिटो हुन मद्दत पुग्छ।

– जाडो मौसममा बच्चाहरुलाई चिसा खानेकुराहरु नदिनुहोस।

– बच्चाहरुलाई जाडो छ भन्दैमा चाहिने भन्दा बढी ताता कपडा हरु नलगाईदिनुहोस्। आवश्यकताभन्दा बढी लुगाहरु बच्चालाई बोझ हुनुका साथै स्वास्थ्यको लागि पनि खराब हुन्छन् ।

– सधैँ सफा स्वेटर लगाई दिनुहोस् । लगातार धेरै दिनसम्म एउटै स्वेटर लगाउन नदिनुहोस किनकि धेरै दिनसम्म एउटै स्वेटर लगाउँदा त्यसमा धुलो र फोहोरहरु जम्मा हुन सक्छन् । यसले गर्दा स्वेटरमा किटाणुहरु रहने सम्भावना पनि बढी हुन्छ र रोग लाग्ने सम्भावना पनि बढी हुन्छ ।

– बच्चाहरुलाई समयमा सुत्ने बानि बसाल्न लगाउनुहोस । सुत्नु भन्दा अगाडी टिभी हेर्ने बानिलाई कम गराउनुहोस् टिभी हेर्नुको सट्टा किताब पढ्न प्रेरित गर्नुहोस ।

– अघिल्लो रात बदम भिजाएर राख्नुहोस् र बिहान त्यसलाई घोटेर दुधमा मिलाएर खुवाउने गर्नुहोस् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives