गण्डकी च्याम्पियनसिपको उपाधि कृतिलाई

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ५, २०७४
gandaki chaympian

पोखरा, ५ मंसिर । नव साधना कला केन्द्रले पोखरामा आयोजना गरेको गण्डकी च्याम्पियनसिप –२०७४ नृत्य प्रतियोगिताको उपाधि कृति शाहीले जितेकी छन् ।

ग्रान्ड फिनालिमा पुगेका अन्य १५ जना प्रतियोगिलाई पराजितगर्दै उनले उपाधि जितेकी हुन् । प्रतियोगितामा अञ्जली मगर द्धितिय, अविक्क्षा आलेमगगर तृतिय र तृप्ति गुरुङ सान्त्वना भए।

प्रथमले नगद पचास हजार रुपैया, द्धितियले पच्चिस हजार रुपैयाँ, तृतियले पन्ध्र हजार रुपैयाँ र सान्त्वनाले दश हजार रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्र हात पारे ।

पोखरा उद्योग वाणिज्य संघको हल गैहपाटन भएको प्रतिष्पर्धामा अनुशासित प्रतियोगिको रुपमा निष्मा गुरुङ र उत्कृष्ट भेषभुषातर्फको पुरस्कार अञ्जली नेपालीले जिते ।

गण्डकी अञ्चल स्तरीय प्रतियोगिताको फाइनलमा कृतिका बोहरा, मनिषा गुरुङ, तृप्ति गुरुङ, अञ्जली नेपाली, पार्वती थापा, सजनी गुरुङ, अविक्क्षा आलेमगर, निर्जरी थापा, सन्ध्या तामाङ, पिया गुरुङ, कृति शाही, अञ्जली मगर, स्मृति सुनार, विनिसा तामाङ, निष्मा गुरुङ र सिम्रन ढकाल गरी १६ जना पुगेका थिए ।

नव साधना कला केन्द्रको ११ औँ प्रस्तुती रहेको यो प्रतियोगिताको अडिसनमा झण्डै ४ सय जना प्रतियोगिले भाग लिएका थिए।

अडिसनमा सहभागिमध्ये मेगा अडिसनबाट ६७ जना छानिए । सेमिफाइनलको लागि ३७ जना छनोट भए भने फाइनलमा १६ जनाले स्थान बनाए । तीन महिनासम्म प्रतियोगिलाई प्रशिक्षण दिई अन्तिम प्रतिष्पर्धामा उतारिएको नव साधना कला केन्द्रका अध्यक्ष टपबहादुर गुरुङले बताए।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ नृत्य निर्देशक गोरे गुरुङ, सन बहादुर गुरुङ, घनश्याम पुन रहेका थिए ।

बिजेतालाई लोक संस्कृतिकर्मी गजेन्द्र गुरुङ, कार्यक्रम संयोजक अब्बु मिया, संस्थाका अध्यक्ष टपबहादुर गुरुङ, संस्थाका एमडि रविन गुरुङ, विक्रम परियार लगायतले पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

Archives

Archives