प्रदेश –४ का ६ जिल्लामा निर्वाचनको तयारी पूरा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ८, २०७४
stock-vector-voting-concept-in-flat-style-hand-putting-paper-in-the-ballot-box-245305162

पोखरा, ८ मंसिर। पहिलो चरणमा प्रदेश – ४ भित्रका ६ जिल्लामा निर्वाचन हुदैछ।

यस प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, लमजुङ र गोरखामा निर्वाचन हुनेछ।

निर्वाचन हुने सबै जिल्लामा तयारी पूरा भएको पश्चिममाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार, कर्मचारी खटनदेखि निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित मतदानस्थलसम्म पुगिसकेको छ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले पहिलो चरणमा निर्वाचन हुने जिल्लाको सबै तयारी पूरा भएको जानकारी दिए।

क्षेत्रीय प्रशासक अर्यालले सहज र मोटरबाटो पुगेको ठाउँसम्म मोटर र उच्च हिमाली भेगमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरेको जानकारी दिए। ‘अब सबै तयारी पूरा भएको छ। मतपत्र, मतपेटिकासहित आवश्यक सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी मतदानस्थनमा पुगेका छन्’– उनले भने।

२७ वटा मतदान स्थलमा हेलिकप्टरबाट आवश्यक कर्मचारी र निर्वाचन सामग्री ढुवानी गरिएको छ।

उच्चहिमाली र पहाडी क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको छ । गोरखाको उच्चहिमाली भेगमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको छ। गाडी पुग्न नसक्ने ठाउँमा हेलिकप्टरले आवश्यक सामग्री ढुवानी भएका छन्।

बाँकी ठाउँमा गाडीबाटै पुगेका बताइएको छ। चिसो बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमपात हुने हो कि भन्ने त्रास रहेकोमा अहिलेसम्म हिउँ नपरेपछि निर्वाचन गराउन सहज हुने भएको छ।

सुरक्षा व्यवस्था चुस्त पारिएकाले ढुकक्सँग मतदान आग्रह गरिएको छ। पहिलो चरणमा यस प्रदेशका ६ वटा जिल्लाका ५ लाख ६३ हजार मतदाताले मतदान गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives