बिहानै दुर्घटना, दुईको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ११, २०७४
Dhading_district_location

पोखरा, ११ मंसिर। मोटरसाइकल दुर्घटनामा परी सोमबार बिहान धादिङमा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारी छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खसेको थियो।

दुर्घटनाको कारण नखुलेपनि घटना बारेमा अनुसन्धान शुुरु गरेको प्रहरीको भनाई छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives