हङकङलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ११, २०७४
Nepal woman cricket team at thailand

कठमाडौं– आइसीसी महिला टि– २० विश्वकप छनोट एसियामा तेस्रो स्थानको लागि भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ ।

नेपालले १९.५ ओभरमा हङकङलाई ५८ रनमै अलआउट गरेको थियो । नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् ।

टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाएकी थिइन् ।

नेपालले समूहमा ६ अंक बनाउदै तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । थाइल्याण्ड र यूएई ९ र ८ अंक बटुल्दै क्रमशः पहिलो र दोस्रो स्थान बनाउँदै ग्लोबल क्वालिफार्यसमा छनोट भएका छन् ।

त्यस्तै हङकङ र मलेसिया ५ र २ अंक बटुल्दै समूहमा क्रमशः चौथाँ र पाचौँ स्थान बनाए ।  चीनले भने सबै खेल पराजित हुँदै अंकको पुच्छारमा रह्यो ।

स्रोत ः नागरिक न्यूज

Related News

सम्बन्धित समाचार

Archives

Archives