‘काँग्रेसले जित्नै पर्छ’

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ११, २०७४
yagya thapa pic

पोखरा, ११ मंसिर । प्रचार प्रसार र घरदैलोको क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० र १३ मा नेपाली काँग्रेसका उम्मेदवारहरु पुगेका छन्।

प्रतिनिधिसभा उम्मेदवार यज्ञबहादुर थापा, प्रदेश ‘ख’ का उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ सो क्षेत्रमा नेपाली काँग्रेसको पक्षमाभोट मागिरहेका छन् ।

प्रचारप्रसारको क्रममा घरदैलो समेत गरिरहेका उम्मेदवारहरु आर्वाको डिहि भन्ने स्थानमा भने चुनावी सभामा सहभागि भए।

काँग्रेसले चुनावमा पराजय ब्यहोर्दा देश र संविधान खतरामा पर्ने अवस्था आउन सक्नेमा उनीहरुले जनतालाई सचेत बनाए ।

त्यहाँ आयोजित कार्यक्रममा बोल्दै उनीहरुले देशको पछिल्लो राजनीतिक अवस्थालाई हेर्दा काँग्रेसले चुनाव जित्नैपर्ने स्थिति देखिएको बताए ।

प्रदेश सभा ‘ख’ तर्फका उम्मेदवार कृष्ण केसीले विकासको काममा काँग्रेस मात्रै कटिबद्ध भएर आएको दाबी गरे ।

उनले सो क्षेत्रमा काँग्रेसको तर्फबाट आफू निर्वाचित भएसँगै विकासको गतिलाई तिव्रता दिने प्रष्ट पारे

त्यस्तै समानुपातिक उम्मेदवार रसकुमारी गुरुङले संविधान र सम्बृद्धि अप्ठेरोमा परेको अवस्थामा काँग्रेसलाई साथ दिएर लामो समयको उपलब्धिलाई जनताले नै जोगाउनुपर्ने बेला आएको बताईन् ।

त्यस्तै उताप्रदेश ‘क’ तर्फबाट उम्मेदवारी दिएका जीवन परियारले पनि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सम्पूर्ण क्षेत्रमा पुगेर नेपाली काँग्रेसको पक्षमा भोट मागिरहेका छन् ।

लोकप्रियबन्दै गुरु बराल

कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’ तर्फका उम्मेदवार गुरुप्रसाद बरालले यतिबेला निर्मलपोखरीलाई केन्द्र बनाएर चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।

सोमबार उनी निर्मलपोखरीमा पर्ने फेदीपाटन, मासपाटन, कृस्तीको मनकामना, लेवार, खत्रीगाऊँ, मैदान, गिरी गाऊँ लगाएतका ठाऊँमा घरदैलोमा सहभागि भए ।

प्रचारको क्रममा सो क्षेत्रका बासिन्दाले बराललाई गुनासाहरु सुनाएका थिए । प्रचारलाई फरक शैलीमा अगाडि बढाईरहेका बराललाई निर्मलपोखरीबासीले निकै साथ दिईरहेका छन् ।

बरालले निर्मलपोखरी र त्यस क्षेत्रबासीसँगै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मतदाताहरु लोकतन्त्र र सम्बृद्धिको पक्षमा देखिएको बताए।

बराललाई त्यस क्षेत्रका युवाहरुले विशेष रुचाएका छन् । प्रचारमा पनि प्रविधिको उत्कृष्ट प्रयोग गरेर चर्चामा आईरहेका बराल जनता माझ पनि निकै लोकप्रियबन्दै गएका छन् ।

उता, कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार शुक्रराज शर्माले भौतिक पूर्वाधारको विकासमा जोड दिने बताएका छन्।

सोमबार पोखरा लेखनाथ महानगरपालिकाको पुम्दीभुम्दीमा आयोजना गरिएको मतदातासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने – ‘हामिलाई साथ दिनुहोस् जनताको मुहार फेर्ने गरी परिवर्तन गरेर देखाउँछौ।’

सोहि क्षेत्र ‘ख’प्रदेशका उम्मेदवार शिकन्दरकुमार गुरुङले आफुले काममा विश्वास गर्ने बताउँदै निर्वाचनमा जिताए काम गरेर देखाउने प्रतिवद्धता जनाए ।

त्यस्तै, प्रदेश ‘क’ काउम्मेदवार शारदा पौडेलले सोमबार पुरञ्चौरमा मतदाताहरुसँग भेटघाट गरेकी छन्। त्यहाँका बासिन्दा माझ उनले आफुलाई भोट हाल्न अपिल गरेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives