आज पोखरामा काँग्रेस आमसभा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १३, २०७४
congress

पोखरा, १३ मंसिर।नेपाली काँग्रेस कास्कीले पोखरामा आज बुधबार चुनावी आमसभा गर्दैछ।

आमसभाको सम्पूर्ण तयारी पूरा भएको छ। आमसभा सम्पन्न गर्न गठित विभिन्न नौ वटा उपसमितिहरुले तयारी पूरा गरेका छन्।

आमसभालाई लक्षित गरी प्रचारप्रसार, मञ्च व्यवस्थापन, कार्यकर्ता परिचालन गर्ने जस्ता महत्वपूर्ण काम पूरा भएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १० स्थित अमरसिंहचौरमा हुने आमसभालाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु धनराज गुरुङ, गगन थापा, विनोद चौधरी लगायतले सम्बोधन गर्ने छन्।

आमसभालाई सभ्य र भव्य बनाइने छ कास्की काँग्रेसका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईले भने – ‘आमसभामा सहभागिताका लागि अनुरोध गर्दछौ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives