चुनावमा मात्रै साईनो जोड्नेलाई भोट नदिनुस् ः कृष्ण केसी

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १५, २०७४
krishna kc 14 pic

पोखरा, १४ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेश ख तर्फ उम्मेदवारी दिएका काँग्रेस उम्मेदवार कृष्ण केसी मादी गाउँपालिकाको सिल्दुजुरे पुगेका छन्।

समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ सहित सिल्दुजुरे पुगेको केसीको टोली थाक, तप्राङ र पानीघाटको चुनावी सभामा सहभागि भएको थियो ।

चुनावी सभालाई सम्बोधनगर्दै प्रदेशसभा उम्मेदवार एवं कास्की काँग्रेसका सभापति कृष्ण केसीले चुनावको बेलामा मात्रै आफ्नो हुन आउनेहरुलाई विश्वास नगर्न मतदाताहरुसँग आग्रह गरे ।

‘म यहाँको जनजीवनमा घुलेको छु र यहाँको माटोसँग म सँधै परिचित छु । म उम्मेदवार हुँदापनि यहिँको थिएँ र भएपछि पनि यहिँकै हुनेछु । यहि ठाऊँको विकासको लागि काम गर्नेछु ।’ केसीले भने–‘जनताले चुनावको बेलामामात्रै कुटुम्बेरी साईनो गाँस्न आउनेहरुलाई चिन्नुपर्छ । र, सँधै साथदिनेलाई चुन्नुपर्छ ।’

केसीले आफू हुर्किएको र जन्मिएको माटोलाई साक्षी राख्दै आफ्नो क्षेत्रको विकासको लागि जस्तोसुकै कदम पनि चाल्न पछि नपर्ने बताए ।

उनले काँग्रेसको पक्षमा भोट दिएर आफू र आफूसँगै उम्मेदवारी दिएका काँग्रेसका अन्य उम्मेदवारलाई पनि जिताउन मतदाताहरु समक्ष आग्रह गरे ।

त्यस्तै समानुपातिक उम्मेदवार रसकुमारी गुरुङले जनतालाई झुक्याउने नियतले अन्यथुप्रै दलका मानिसहरु मत माग्न आएको बताउँदै जनतालाई नझुक्किन आग्रह गरिन् ।

चुनावी सभामा काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देल, नेपाली काँग्रेस मादी गाउँपालिका सँयोजक देवीजंग गुरुङ, तरुण दल मादी गाउँपालिका सँयोजक विशाल गुरुङ, स्थानिय नेताहरु भीमकाजी गुरुङ, देव गुरुङ लगाएतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives