आगलागीहुदाँ ५० लाख क्षति

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १७, २०७४
fire-isolated-over-black-background-picture-id113494458

लेखनाथ,१७ मंसिर । एक उद्योगमा आगलागी हुदाँ झण्डै ५० लाखको क्षति भएको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ पटनेरीस्थित मनकामना प्लाईवड इण्डष्ट्रिजमा शनिवार राति आगलागी भएको हो।

डायर मेशिनमा विद्युत सर्ट भई आगलागी भएको कम्पनीका प्रवन्धक नारायणबहादुर भण्डारीले जानकारी दिए।

घटनापछि स्थानीय,सुरक्षा निकाय र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives