पाँच हजार बढि नर्सलाई बेलायतमा अवसर

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २०, २०७४
nurse-presenting-23282197

लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ।

अर्न, लर्न एन्ड रिटर्न स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् ।

यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न मद्दत पुग्ने अधिकारीको भनाइ छ।

उनीहरुले यसबाट विकासशील मुलुकका प्राविधिक जनशक्तिले पनि प्रशिक्षणको अवसर पाउने भएकाले दुवै पक्षका लागि लाभदायी हुने बताए ।

बेलायतमा हाल ४० हजार नर्सको पद खाली छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives