नेपाल र युएईबीच खेल हुँदै

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २०, २०७४
CRICKET-_TEAM_PRACTICE_09-06122017104943-1000×0
मंसिर २०, २०७४-नेपालले विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले युएईको सामना गर्दैछ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदै छ । नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेका छन् ।

युएई ६ अंकका साथ ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपको अंक तालिकामा पुछारमा छ । पहिलो चार खेल हारी च्याम्पियनसिपको सुरुआत गरेको नेपाल त्यसयता नामिबिया, नेदरल्यान्ड्स, केन्यासँग विजय हात पारेपछि नेपालको शीर्ष चारमा पुग्ने आशा पलाएको थियो । तर हङकङसँगको पछिल्लो हारले नेपाल शीर्ष चारको दौडबाट बाहिरिएको थियो ।

नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ । युएईसँग दुबै खेल जितेमा नेपाल पाँचौं स्थानमा उक्लन सक्छ । अर्को खेल शुक्रबार हुनेछ । शीर्ष चारमा नपरेकाले नेपाल र युएई यसअघि नै डिभिजन २ मा झरिसकेका छन् । डिभिजन २ फेब्रुअरीमा नामिबियामा हुने तालिका रहेको छ ।

स्रोत ः कान्तिपूर

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives