मनिला – फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसंख्या भोकमरीको समस्या झेल्न वाध्य रहेकोसार्वजनिक एक अध्ययन प्रतिवेदनमा जनाइएको छ।

सर्भेक्षण कम्पनी ‘सोसल वेदर स्टेसन’ (एसडब्लयुएस) ले सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म राष्ट्रका सम्पूर्ण भागलाई समेटेर एक हजार ५०० जना वयस्क नागरिकमा गरिएको सर्भेक्षणमा यस अघिका तीन महिनामा गरिएको अध्ययन सर्भेक्षण तथ्याङ्क ९।५ मा २.३ प्रतिशत वृद्धि भएको बताइएको छ।

दुई महिना सार्वजनिक गरिएको तथ्याङ्कमा करिब २२ लाख मानिस भोकमरी झेल्न बाध्य रहेका बताइएको थियो।

पछिल्लो तथ्याङ्कले फिलिपिन्सका जनतामा भोकमरीको समस्या बढ्दो रहेको खिएको छ।

यही बर्षको डिसेम्बर २ मा सार्वजनिक गरिएको एसडब्लुएसको सर्भेक्षणमा ४७ प्रतिशत फिलिपिनी जनताले आफूलाई गरीब भन्न रुचाएको सार्वजनिक भएको थियो।

– एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here