तीन वटा प्रदेशसभामा काँग्रेस अघि

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २३, २०७४
congress

पोखरा, २३ मंसिर। तीन वटा प्रदेशसभामा काँग्रेसले अग्रता लिएको छ।

कास्कीको एक र चितवनको दुई प्रदेशसभामा काँग्रेसले अग्रता लिएको हो।

कास्की निर्वाचन क्षेत्र नं २ ‘ख’ मा काँग्रेसका विन्दु थापा अघि छन्। हालसम्म उनले ६ हजार ७२१ मत प्राप्त गरेका छन्। उनीसँगको प्रतिस्पर्धामा रहेका बाम गठबन्धनका राजकाजी गुरुङले ५ हजार ८९१ मत पाएका छन्।

उता चितवनको ३‘क’ मा काँग्रेसका दिनेश कोइराला ४ हजार ६ सय ४५ मत सहित अघि छन् भने ३‘ख’ मा पनि साजनकुमार महतो ४ हजार ५७७ मत सहित अघि छन्।

कोइरालासँग प्रतिस्पर्धा गरिरहेका नेकपा एमालेका कृष्णप्रसाद भुर्तेलले ४ हजार तीन सय ६५ र महतोसँग प्रतिस्पर्धा गरिरहेका रामलालाल महातोले दुई हजार ९९० मत पाएका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives