समानुपातिकमा काँग्रेस अगाडी

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २३, २०७४
stock-vector-voting-concept-in-flat-style-hand-putting-paper-in-the-ballot-box-245305162

२३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ ।

सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।

हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ । माओवादीले १४३४ मत पाएको छ ।

त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा/फोरमले २/२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives