देउवा भारी मतले विजयी हुँदा आरजु लागिन ओराली

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २४, २०७४
aarju

पोखरा । यसपटकको निर्वाचनमा सवै जसो दलमा उम्मेदबारका आकांक्षीको लर्काे ठुलै थियो। पटक पटक प्रयास गरिरहदाँ केहिले टिकट पाए, धेरैले टिकट पाउँन सकेनन्। तर एउटै परिवारका दुई जनाले टिकट पाउँने पनि छन्।

नेपालको प्रतिष्ठित देउवा परिवारका दम्पत्तिलाई यसपटक चुनाव लड्ने साईत त जुर्यो तर परिणाम दुवै हातमा लड्डु हुन सकेनन।

प्रधानमन्त्री एव काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा निर्वाचन लडेपनि शेरबहादुर देउवाले चुनाव जितेका छन् तर उनकी पत्नी आरजु भने सफल हुन सकिनन्।

देउवाले डडेल्धुरा क्षेत्र नं. १ मा २८०४४ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । उनले माओवादी केन्द्रका खगराज भट्टलाई ६९२९ मतान्तरले पराजित गरे ।

उता कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमाले विजयी भएको छ । एमालेका नारदमुनि राना कांग्रेस उम्मेदवार आरजु देउवा राणालाई हराउँदै विजयी भएका हुन् ।

नारदमुनिले २७२०२ मत ल्याएका छन् भने आरजुले २२३२२ मत ल्याइन् ।

प्रधानमन्त्री पत्नी समेत रहेकी आरजु यो क्षेत्रमा चुनाव लडेपछि नतिजा निकै चासोका साथ हेरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives