युएईमा नेपाली लक्षित व्यवसाय बढ्दै

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २५, २०७४
UAE-Byapar

रामप्रसाद ढुंगेल

युएई । वैदेशिक रोजगारीका क्रममा युएई आउने नेपालीहरुको संख्या बढेसँगै नेपालीहरुलाई लक्षित गर्दै व्यवसाय गर्ने क्रम पनि बढिरहेको छ ।

नेपालीहरुलाई लक्षित गर्दै केही नेपाली व्यावसायीले रेस्टुरेन्ट, ट्राभल, ज्वेलर्स, पार्लर तथा टेलर्स व्यावसायमा लगानी गरेका छन् । यसै क्रममा गत डिसेम्बर १ देखि अजमानमा सञ्चालन सुरु भएको छ– मम स्ट्रिट ।

अजमानको केन्द्रमा रहेको काठमाडौं दरबार रेस्टुरेन्टले नयाँ सनैया लक्की राउन्ड अबाउट छेउमै रहेको अल मुबारक हाइपर मार्केटमा नयाँ शाखा ‘मम स्ट्रिट’ रेस्टुरेन्ट सन्चालन गरेको छ ।

स्याङ्जा घर भएका बेदप्रकाश पोखरेलले सन्चालन गरेको यो मम स्ट्रिटमा सस्तो र नेपाली स्वादमा मम पाइने सञ्चालक पोखरेलका दाबीे छ ।

ममका अतिरिक्त सुकुटी, आलु साँधेको, भटमास साँधेको, बेलपुरी, पानीपुरी, वाईवाई र चाट जस्ता नेपालीहरूले रुचाउने खानेकुरा पाइने सञ्चालक पोखेरलले जानकारी दिएका छन् ।

युएईका सात इमिरेट्स मध्ये तुलनात्मक रूपमा सस्तो र शान्त अजमान एरियामा काम गर्ने नेपालीहरुको संख्या १५ हजार नाघेको अनुमान गरिन्छ ।

जनमानमा जसरी नेपालीहरुको संख्या बढी रहेकोे छ, तिनै नेपाली हरुलाई लक्षित गर्दै नेपाली ब्यावसायीहरु आफ्नो व्यावसाय बिस्तार हुने सिलसिलमा मम स्ट्रिट सञ्चालन गरेको पोखरेलले बताए ।

युएईमा आधिकारिक रुपमा करिब २ लाख पचास हजारको संख्यामा नेपाली रहेको तथ्य भए पनि भिजिट भिसामा आएर काम गर्ने र अन्य माध्यमबाट विभिन्न बहानामा यहाँ आएका नेपालीहरुलाई समेटदा करिब ४ लाखभन्दा बढी नेपालीहरु रहेको अनुमान गरिन्छ ।

नेपालीहरुलाई लक्षित गरी सञ्चालनमा आएका नेपाली व्यावसायीहरु पनि बढिरहेकै छन् ।

स्रोत ः अनलाइन

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives