समानुपातिक (ताजा अपडेट)

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २५, २०७४
Mao-Congress-Uml-flag-768×344-870×403

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश तर्फको प्रत्यक्ष निर्वाचनमा सम्मानजनक मत प्राप्त नगरेपनि समानुपातिक तर्फ भने प्रतिस्पर्धात्मक मत प्राप्त गरेको छ ।

प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भइसकेको जिल्लाहरुबाट शुरु गरिएको मतगणनाको प्रारम्भिक नतिजाहरु सार्वजनिक हुने क्रम जारी रहेको छ ।

ताजा परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमाले बिच कडा प्रतिस्पर्धा देखिएको छ । नेकपा एमाले कांग्रेसभन्दा करिब १५ हजार मतान्तरले मात्र अगाडी रहेको छ ।

एमालेको अहिलेसम्मको नतिजाअनुसार ४ लाख ११ हजार ४ सय २२ मत रहेको छ भने निकै प्रतिस्पर्धात्मक तरिकाले पछ्याउदै कांग्रेसले ३ लाख ९५ हजार ९ सय ९० मत प्राप्त गरेको छ ।

समानुपातिक तर्फ माओवादी केन्द्रले भने खासै प्रतिस्पर्धात्मक मत प्राप्त गरेको छैन । हालसम्म १ लाख ९० हजार १ सय ५९ मतका साथ माओवादी केन्द्र तेश्रो स्थानमा रहेको छ ।

साना दलहरुको नतिजा हेर्दा राष्ट्रिय जनता पार्टीले २५ हजार २ सय २८ मत प्राप्त गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालले २० हजार १ सय ५३ मत प्राप्त गरेको छ । त्यस्तै रविन्द्र मिश्रको विवेकशिल साझाले १९ हजार ७ सय २२ मत प्राप्त गरेको छ ।

संघिय समाजवादी फोरम नेपालले १६ हजार ८ सय २७ मत ल्याएको छ भने बाबुराम नेतृत्वको नयाँ शक्तिले १६ हजार ५ सय ४६ मत प्राप्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives