टेक्सासमा तीन नेपालीभाषी भुटानीको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २७, २०७४
220px-Wpdms_republic_of_texas.svg – Copy

होमप्रसाद लम्साल

टेक्सास –  आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ।

दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो।

टेक्सासमा तीन नेपालीभाषी भुटानीको मृत्यु

फोर्टवोर्थनजिकै ब्लु माउण्ड रोडमा आइतबार राती आठ बजे चर्चबाट घरतर्फ फर्कदै गरेको बेला एउटा पिकअप ट्रकले कारमा ठक्कर दिँदा कारमा रहेका उनीहरू मृत्यु भएको ट्यारन्ट काउन्टी मेडिकल एक्जामाइनर अफिसलाई उधृत गर्दै स्थानीय समाचार माध्यमहरूले जनाएको छ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये  कारको पछिल्लो सिटमा रहेका अन्य दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पिकअप ट्रकमा रहेका एक जना र अर्को एउटा कारका चालक पनि गम्भीर घाइते भएको स्थानीय संचार माध्यमले जनाएको छ । नेपाली समाज टेक्सासमा सदस्य सुदिप अधिकारी अनुसार उनीहरू आगामी शनिवार अन्तिम दाह संस्कार गरिनेछ।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives