ब्राह्मण समूह सामाजिक काममा,चिया बेचेर सडक बालबालिकालाई न्यानो कपडा दिने

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २७, २०७४
24900079_1182326648534413_5779728431446368140_n

पोखरा, २७ मंसिर। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ।

पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर सो समूहले चिया बेच्ने कार्यक्रम गरी सडक बालबालिकालाई खाना खुवाउन र न्यायो कपडा वितरण गर्न लागेको छ।

पोखरामा पुस ८ गते सदस्यहरुको समूह बनाएर चिया बेच्ने र त्यसबाट भएको आम्दानी सडक बालबालिकाका लागि खर्च गरिनेछ। समूहमा आवद्व सदस्यको टोलीले पोखराको पृथ्वीचोक र लेकसाइडमा चिया बेच्ने छन्।

समूहले पुस १५ गते पोखराको पृथ्वीचोकमा सडक बालबालिकालाई खाना खुवाउने र न्यायो कपडा वितरण गर्ने कार्यक्रम तय गरेको समूहका एड्मिन सिन्धुपाल्चोकका अनन्त नेपालले जानकारी दिए।

विभिन्न ठाउँमा बसोबास गर्ने हामीहरुलाई फेसबुकले भेट गरायो नेपालले भने – ‘भेटलाई सार्थक बनाउदै सामाजिक काम रोजेका छौं।’

पोखराको कार्यक्रम सम्पन्न गर्नका लागि समूहका सदस्य पोखराका शिव भण्डारीलाई संयोजक तोकिएको छ। समूहले कार्यक्रममा सहयोग गरिदिन आग्रह समेत गरेको छ।

यसैवीच, समूहकै सक्रियतामा पुस १ गते सरसफाई कार्यक्रम गरिदैछ। राजधानीको पशुपतिस्थित कैलाश डाडाँ सरसफाई गरी डस्वीन राखिने समूहले जनाएको छ।

यसअघि पनि सो समूहका सदस्यहरुले धुर्मुस सुन्तलीको मुहसर बस्ती निर्माण र तराईका बाढि प्रभावितहरुलाई सहयोग गरेका थिए।

वार्षिकोत्सवकै अवसरमा मंसिर २३ गते राजधानीमा समूहका सदस्यहरुको भेला समेत गरिएको थियो। एक बर्षअघि कपिलबस्तुका आदित्य अर्यालले शुरु गरेको ब्राह्मण समूहमा हाल एक लाख ८० हजार सदस्य छन्।

फेसबुकका माध्यमबाट संगठित भई आपसी सद्भाव बढाउन र सामाजिक कार्य गर्नका लागि समूह गठन भएको थियो।

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives