रिडमोर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २८, २०७४
25360703_818078288386534_403113750_n

पोखरा, २८ मंसिर । सामाजिक अध्ययन मञ्च कास्कीको आयोजना तथा रिडमोर पव्लिकेशनको आर्थिक सहयोगमा माध्यामिक विद्यालय स्तरीय दोस्रो हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

आगामी पुस आठ र नौ गते पोखराको मदरल्याण्ड मा.वि मासवारमा प्रतियोगिता हुने मञ्च कास्कीका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिए ।

मञ्चले विद्यार्थीहरुलाई सामाजिक विषयप्रति रुचि अभिबृद्धि गराउने उद्देश्यले खुल्ला जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दिनेश अर्यालले वताए ।

प्रतियोगितामा कास्की जिल्लाका सरकारी तथा निजी गरी करीव ७० वटा विद्यालयको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

पछिल्लो समय विश्वमा भएका सामाजिक राजनीतिक विषयवस्तुमा केन्द्रीत रहेर प्रतियोगिता संचालन गरिने मञ्चका सदस्य गोविन्द काफ्लेले जानकारी दिए।

प्रतियोगितामा पहिलो ,दास्रो ,तेस्रो तथा चौथौ स्थान प्राप्त गर्ने टिमलाई क्रमश ः आठ हजार, छ हजार, चार हजार र दुई हजार सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives