चराचुरुङ्गीले आत्महत्या गर्ने गाउँ

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २९, २०७४
birds group

छिमेकी मुलुक भारतमा एउटा यस्तो गाउँ छ जुन विश्वभरका चरा वैज्ञानिकहरुका लागि समेत रहस्यको केन्द्र बनेको छ । किनकि त्यो गाउँमा बर्सेनि ठूलो संख्यामा चराहरु आत्महत्या गर्न जान्छन् ।

भारतको असाम राज्यको उत्तरी काछारा पहाडी क्षेत्रस्थित जतिंगा गाउँ चराले आत्महत्या गर्ने गाउँको रुपमा परिचित छ । यो एक सुन्दर उपत्यका हो र रंगीचंगी बगैंचाहरुका लागि प्रसिद्ध छ । तर त्यसभन्दा ठूलो प्रसिद्धी चाहिँ चराको आत्महत्याले गराएको छ । यहाँ चराहरुले सामूहिक आत्महत्या गर्दछन् ।

विशेषगरी मनसूनको अवधिका महिनाहरुमा त्यहाँ चराले आत्महत्या गरेको देख्न पाइन्छ । औँशीको रातमा चराहरुले बढी मात्रामा आत्महत्या गर्दछन् । रातको ७ देखि १० बजेसम्म चराको आत्महत्याको दर बढ्ने बताइन्छ ।

अनौठो त के भने त्यहाँ चराले एक्लै होइन, सामूहिक रुपमा आत्महत्या गर्छन् । सबैखाले प्रजाति तथा प्रकारका चराहरुले आत्महत्या गर्ने गर्छन् ।

यहाँ चराहरुले किन आत्महत्या गर्छन् भन्ने कुराको रहस्य अहिलेसम्म पत्ता लागेको छैन । मनसूनको अवधिमा उक्त उपत्यकामा उच्च गतिमा बतास चल्ने भएकाले चराहरु रातको समयमा अत्यधिक वेगको हावाका कारण रुख तथा पर्खालहरुमा ठोक्किएर मर्ने र भुइँमा झर्ने गरेको हुनसक्ने कतिपयको अनुमान छ ।

–एजेन्सी

Related News

सम्बन्धित समाचार

Archives

Archives