नयनतारा सहकारीको अध्यक्षमा नृपेश

राष्ट्र न्यूज सम्वाददाता
पौष ४, २०७४
nayen pic 5

पोखरा, ४ पुस। नयनतारा कृषि सहकारी संस्था लि पोखरा लेखनाथ– ८ को नयनतारा कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले नृपेश अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिको उपाध्यक्ष अमृतकुमार बराल, सचिव सन्तोष त्रिपाठी, कोषाध्यक्ष विष्णुप्रसाद पहारी, सदस्यहरुमा क्रमश सरोज कुँवर, भुवनप्रसाद काफ्ले, सरिता तिवारी पौडेल छन्।

लेखासमिति संयोजकमा रति त्रिपाठी ढकाल, सदस्य सन्तोष बराल, सोनु तिवारी र सल्लाहकारमा शिव भुजेल, जनकराज सुवेदी, मोहन पाण्डे छन्।

साधारणसभाको उद्घाटनगर्दै जिल्ला सहकारी संघ अनुगमन समितिका सदस्य सुरेन्द्रमणि पौडेलले कृषिमा लगानी गर्नुपर्ने कुरामा जोड दिए।

नवनिर्वाचित अध्यक्ष नृपेश अधिकारीले आगामी दिनमा शेयर पुँजी, निक्षेप संकलन बृद्धि गर्ने र शेयर सदस्यलाई तालिमको आयोजना गर्ने बताए।

विश्वराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सरला त्रिपाठी भण्डारी, सदस्य मोहन पाण्डे, लेखासमिति संयोजक जनकराज सुवेदीले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives