फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

राष्ट्र न्यूज सम्वाददाता
पौष ४, २०७४
Petrol-pump

पोखरा, ४ पुस। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले यहाँ पनि समायोजन गरेको निगमले प्रस्ट पारेको छ ।
भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ। केहिदिन अघि पनि पेट्रोलियम पदार्थको मूल्य वृद्वि गरिएको थियो।

बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १ , मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ भएको छ। यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय, डिजेल ७७ र मटितेल ७७ रुपैयाँ थियो ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखेको छ । अन्तर्राष्टिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि नभएको भन्दै यथावत् राखिएको छ ।

हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय ५० रुपैयाँ छ । प्रतिलिटर हवाई इन्धन(आन्तरिक तर्फ) ८७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ०.८५० डलर छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives