इपिएलमा हायतले गरे रेकर्ड ब्रेक

राष्ट्र न्यूज सम्वाददाता
पौष ७, २०७४
images

 इपिएलको अहिलेसम्मको खेलमा विराटनगर वारियर्सका बबर हायतले रेकर्ड तोडेका छन्।

उनले सबैभन्दा छिटो अर्धसतक पुरा गरेर रेकर्ड बनाएका हुन्। उनले २५ बलमा ५ चौका र ६ वटा छक्का हान्दै अर्धसतक पुरा गरेर ८१ रनमा आउट भएका थिए। दिपेन्द्र सिंह ऐरीले हायतसँगको साझेदारीमा ३० रन जोड्न सफल भए।

बिराटनगर वारियर्सले चितवन टाइगर्सलाई १७५ रनको लक्ष्य दिएको छ। चितवन टाइगर्सले १२ ओभरको समाप्ति सम्ममा ७ विकेट गुमाउँदै ७१ रन जोडेको छ।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

Archives

Archives