आजदेखि फेवाताल किनारमा महोत्सव

राष्ट्र न्यूज सम्वाददाता
पौष १३, २०७४
pokhara-street-festival-2

पोखरा, १३ पुस। अग्रेजी नयाँवर्षको अवसरमा रेवानको आयोजनामा आजदेखि पोखरामा १९ औ पोखरा सडक महोत्सव शुरु हुदैछ।

महोत्सवका लागि गठित मूल आयोजक समिति र विभिन्न उपसमितिहरुले तयारी पूरा गरेको जनाइएको छ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ रेवानका अध्यक्ष चौबहादुर गुरुङले भने – ‘यो महोत्सव पोखराको प्रवद्र्वनका लागि हो।’

विश्व बजारमा पोखराको पहिचान बनाउने उदेश्यले आयोजना गरिएको महोत्सव  १७ गतेसम्म हुदैछ। महोत्सव शहिदचोकदेखि खहरेहुदै डिहिकोपाटनसम्मको साढे तिन किलोमिटर क्षेत्रमा हुनेछ। महोत्सवमा करिब पाँच लाख दर्शकले सहभागिता जनाउने आयोजकको अपेक्षा छ।

महोत्सवको उद्घाटनपूर्व खहरेबाट बाजागाजा र झाँकी सहितको ¥याली निकालिने छ। ¥याली कोमागाने पार्क पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ।

महोत्सवबाट करिब ९० लाख आम्दानी हुने र ७० लाख खर्च हुने अनुमान गरिएको छ। महोत्सवको आम्दानी सामाजिक उत्तरदायित्वका काममा प्रयोग गरिनेछ। महोत्सवमा खाना, विभिन्न उत्पादन र व्यवसायीक प्रयोजनका एक सयभन्दा बढि स्टल रहने छन्। सुन्तलाको मात्र १५ स्टल रहनेछ।
महोत्सवको आकर्षणमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खाना, हस्तकला, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, लाइभ पप कन्सट, कृषक सम्मान लगायत रहने छन्।

सात वटै प्रदेशबाट लोपोन्मुख सांस्कृतिक प्रस्तुती पनि रहनेछ भने जापान, कोरिया र भारतका समेत सांस्कृतिक प्रस्तुती रहने छ। नयाँवर्षको शुरुवातमा मध्यरातमा आतसवाजी गरिनेछ।

Related News

सम्बन्धित समाचार

Archives

Archives