प्रजातन्त्रवादी हुँ, जनताको निर्णय शिरोधार्य छ – प्रधानमन्त्री

राष्ट्र न्यूज सम्वाददाता
पौष १५, २०७४
sher-bahadur-deuba-bccl

पोखरा, १५ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले आफु प्रजातन्त्रवादी भएकाले जनताको निर्णय शिरोधार्य भएको बताएका छन्।

म कांग्रेस हुँ, प्रजातन्त्रवादी हुँ, जनताको निर्णयलाई शिरोधार्य गर्छु, त्यो नै मेरा कर्तव्य हो उनले भने – ‘प्रजातन्त्रवादीले जे गर्नुपर्छ मैले जानेको छु, बुझेको छु, कसैले सिकाउनु पर्दैन।’

तमु ल्होसारको अवसरमा शनिबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव गराएकोमा धन्यवाद दिनुको साटो आफूमाथि शंका उपशंका गरेकोमा असन्तुष्टि जनाए। उनले आफुलाई सत्तामा टाँसिरहने  रहर नभएको स्पष्ट पारेका छन्।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले चुनावको नजिता सहर्ष स्वीकार गरेर सरकार निर्माणमा पुरा सहयोग गर्न तयार रहेको उल्लेख गरे।

उनले चुनाव गराएर संविधान कार्यान्वयन गर्न सफल भएकोमा गौरव लागेको बताए । धन्यवाद दिनुको सट्टा शंका उपशंका गर्नुको अर्थ छैन, एमालेको आरोपतर्फ संकेत गर्दै उनले भने – ‘मलाई सत्तामा टाँसिने रहर छैन।’

देउवाले मौलिक पहिचानको रुपमा रहेका विभिन्न जाति समुदायको पर्वलाई उत्सवका साथ मनाउन सहयोग गर्नु राज्यको दायित्व रहेको बताए।

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives