यस्तो भयो सर्वदलीय बैठकमा

राष्ट्र न्यूज सम्वाददाता
पौष २०, २०७४
chunab-750-1

पोखरा, २० पुस। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ।

सर्वदलीय बैठकमा वाम गठबन्धन आवद्ध दलका नेताले सत्ता हस्तान्तरणलाई पहिलो सर्त बनाएका थिए।

प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्नका लागिभन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका थिए।

बैठकमा प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा बाम नेताहरुसमक्ष गरेको प्रस्ताव एमालेले अस्वीकार गरेको छ।

प्रधानमन्त्रीको प्रस्ताव अस्वीकारपछि बाम नेताहरुले सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्रीलाइ आग्रह गरेका थिए।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक पाँचै दलका शीर्ष नेताहरुको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives