डा. केसी फेरि आमरण अनशनमा

राष्ट्र न्यूज सम्वाददाता
पौष २४, २०७४
Govind-KC-

काठमाण्डौं, २४ पुस। प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसी फेरि आमरण अनशन बसेका छन्।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी १४ औ पटक अनशन बसेका हुन्। न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै उनले भने – ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन।’

पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने बताएका छन् ।

सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिनबाट बर्खास्त भएका डा. शशि शर्मालाई पुनर्बहाली गर्न आदेश दिएको थियो।

चार वर्षे पदावधि सकिन ४ दिन बाँकी रहँदा शर्मालाई सर्वोच्चले आइतबार पदमा फर्कन आदेश दिएको थियो।

आइओएम डिनको ४ वर्ष पुरानो मुद्दामा सुनियोजितरुपमा फैसला गरेको भन्दै फैसला मेडिकल माफियाको स्वार्थ र साँठगाँठमा भएको उनको आरोप छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives