सडक छेकेर आन्दोलनमा

राष्ट्र न्यूज सम्वाददाता
पौष २६, २०७४
DSC00449

पोखरा, २६ पुस। पोखराका ट्याक्सी व्यवसायीहरु सडक छेकेर आन्दोलनमा उत्रेका छन्।

व्यवसायीले पोखराको पृथ्वीचोक आसपासका सडकमा ट्याक्सी तेसारेर आन्दोलनमा उत्रदा सवारी आवागमनमा अवरोध भएको छ।

ट्याक्सी चालकलाई नियमविपरित प्रहरीले समातेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

मङ्गलबार मिटरमा नचलेका ट्याक्सी नियन्त्रणमा लिई चालकलाई थुनेपछि त्यसको विरोधगर्दै अहिले उनीहरुले पोखरामा प्रहरी विरुद्व नाराबाजीगर्दै प्रदर्शन गरिरहेका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives