यात्रा गर्दै हुनुहुन्छ भने यताको अवस्था बुझौं, सार्वजनीक सवारी चलेका छैन

राष्ट्र न्यूज सम्वाददाता
पौष २७, २०७४
26232210_276043359589217_9130623925299152503_o

पोखरा, २७ पुस । गण्डकी अञ्चलभर कुनैपनि सार्वजनीक सवारी सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

महासंघको निर्णय अनुसार विहिवार गण्डकी अञ्चलभर कुनैपनि सर्वजनीक सवारी नचल्ने महासंघ गण्डकीका सहसंयोजक योगेन्द्र केसीले बताए ।

यातायात व्यवसायीले २ रुपैया भाडा बढि लिदा कारवाही गर्ने सरकार दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि केही गर्दैन, उनले भने – ‘दुर्घटना व्यवस्थापन, ट्याक्सी ड्राईभरमाथिको धरपकडको विरोधमा यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको आव्हानमा सार्वजनिक भाडाका गाडी सञ्चालन गरिनेछैन ।

यसैबीच, पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्ष ऐनकुमार साईले चक्का जामको कार्यक्रम भने नरहेको स्पष्ट पारेका छन् । आफू मातहतका सवारी मात्र नचलाउने, सडकमा चल्ने सवारी बन्द नगर्ने उनले प्रष्ट पारेका छन्।

ट्याक्सी व्यवसायप्रति ऐक्येवद्धता तथा प्रहरी कारवाहीको विरोध स्वरुप बस ब्यवसायी पनि आन्दोलित भएका हुन् । मंगलवार पोखराबाट मिटरमा नचल्ने र मनपरी भाडा असुल्ने ट्याक्सीचालक पक्राउ परेपछि बुधवार ट्याक्सी व्यवसायीले पोखराका सडकमा ट्याक्सी तेर्साएर बिरोध गरेका थिए ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह आफै सडकमा उत्रिएपछि आन्दोलनमा उत्रिएका ट्याक्सी चालक सवारी साधन नै छोडेर भागेका थिए । प्रहरीले सडकमा तेर्साएका ट्याक्सीलाई आफैले हटाएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives