नेपाल सामु ४ सय ९५ रनको लक्ष्य

राष्ट्र न्यूज सम्वाददाता
पौष २९, २०७४
cricket
पुस २९, २०७४ – पाचौँ एक दिवसिय दृष्टिबिहीन विश्वकप क्रिकेटमा श्रीलंकाले नेपाल सामु ४ सय ९५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । युएईको अस्मान ओभल मैदानमा टस जितेर व्याटिङ गरेको श्रीलंकाले निर्धारित ४० ओभरमा ४ विकेट गुमाउँदै ४ सय ९४ रनको योगफल तयार पारेको हो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि पाकिस्तानमा भएको खेलमा नेपाल आयोजक पाकिस्तानसँग ९ विकेट र बंगलादेशसँग ४ विकेटले पराजित भएको थियो ।

विश्वकपमा नेपालले भोलि यूएईकै ईडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्नेछ । लिगको अन्तिम खेलमा नेपालले पर्सि अजमानको एमसीसी क्रिकेट मैदानमा अस्ट्रेलियाको सामना गर्नेछ । ६ टिम सहभागी प्रतियोगितामा नेपाल अंकबिहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।
साभार ः इकान्तिपूर

Related News

सम्बन्धित समाचार

Archives

Archives