अवैध चितुवाको छाला सहित तीन पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
पौष २९, २०७४
DSC05221

पोखरा, २९ पुस । केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङको संयुक्त प्रहरी टोलिले अवैध चितुवाको छाला सहित तीन जनालाई वेशीसहर स्थित एक होटलवाट पक्राउ गरेको छ ।

लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका ५ बस्ने वर्ष २७ का बिनोद तामाङ, राजेश अधिकारी र वडा नं. ६ बस्ने कमल तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

लमजुङको बेसीशहर ८ स्थित घंलेगाँउ होटलको कोठा नं.११०मा बसेका तिन जना व्यक्तिहरुले अवैध चितुवाको छाला लुकाई छिपाई राखेका छन् भन्ने विषेश सूचना पाएपछि प्रहरी पुगेको थियो।

प्रहरी टोलीले होटलमा गई कोठा खानतलासी गर्दा दराज भित्र कालो झोलामा प्लाष्टिकको बोरा भित्र चितुवाको दाह्रा सहितको १ थान अवैध छाला लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो ।

घटनाका सम्बन्धमा लमजुङ प्रहरीले जिल्ला वन कार्यालय लमजुङसँग समन्वय गरी थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives