सिएसजीको अध्यक्षमा मनोज गुरुङको निरन्तरता

राष्ट्र न्यूज सम्वाददाता
पौष ३०, २०७४
26853931_10155485751233068_1595646640_o-1

पोखरा, ३० पुस। कम्युनिटी सपोर्ट ग्रुप(सिएसजी) नेपालको पोखरामा  सम्पन्न १३ औ साधारणसभा तथा सातौ अधिवेशनले आगामी दुई वर्षका लागि पुन मनोज गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिको प्रथम उपाध्यक्षमा शिवजी कुँवर, द्वितिय उपाध्यक्षमा रत्नमान गुरुङ, सचिवमा मनोजकुमार गुरुङ, कोषाध्यक्षमा कुसुमबानु आलम, सहसचिवमा रामचन्द्र पोखरेल छन्। सदस्यमा करुणा मियाँ ढकाल, ओमकृष्ण गुरुङ, मैया गुरुङ छन्। ११ सदस्यीय रहने कार्यसमितिमा दुई सदस्य पछि मनोनित गरिनेछ।

साधारणसभाले सचिव मनोजकुमार गुरुङले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष करुणा मियाँ ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

यसअघि साधारणसभाको उद्घाटनगर्दै पश्चिम क्षेत्र एचआईभी एड्स सञ्जालका अध्यक्ष विश्वमोहन गौचनले सामाजिक क्षेत्रको विकासमा गैरसरकारी संस्थाहरुले निर्वाह गरेको भुमिका निकै प्रशंसनीय भएको बताए।

क्षेत्रीय क्षयरोग केन्द्र पोखरा पूर्व प्रमुख डा मुकुन्दप्रसाद आचार्यले समुदायको आवश्यकता अनुसारका काम गर्नुपर्नेमा जोड दिए।

संस्थाका संरक्षक सुन्दर गुरुङले समुदायमा ज्ञान, सिप र क्षमता बढाउनका लागि सवै मिलेर लाग्नुपर्ने आवश्यकता औल्याए।

कार्यक्रममा तमु धि नेपालकी अध्यक्ष कर्म गुरुङ, भुमि अधिकार मञ्च कास्कीका अध्यक्ष आशबहादुर गुरुङ, कानुनी सल्लाहाकार कमलनाथ पौडेल, जेष्ठ नागरिक मञ्च पुम्दीभुम्दीका अध्यक्ष खडानन्द बराल, हेमजाका अध्यक्ष निलकण्ठ पौडेल, निर्मलपोखरीका सचिव प्रेमलाल अधिकारी, कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङ, कार्यक्रम व्यवस्थापक लालबहादुर गुरुङ र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल लगायतले बोलेका थिए।

कम्युनिटी सपोर्ट ग्रुप नेपालका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य ओमकृष्ण गुरुङले स्वागत र सहसचिव रामचन्द्र पोखरेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives