कांग्रेसको बैठक माघ ४ गते

राष्ट्र न्यूज सम्वाददाता
माघ २, २०७४
congress

पोखरा, २ माघ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक माघ ४ गते बिहीबार नेपाली कांग्रेसको बैठक बस्ने भएको छ।

पार्टी सभापति सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्। बैठक ११ बजे शुरु हुनेछ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले पटक पटक केन्द्रीय समिति र महासमिति बैठक बोलाउन माग गर्दै आएका थिए ।

यस अघि सोमबार नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई भेटेर पार्टीको बैठक बोलाउन माग गरेका थिए।

केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरु चयन गर्ने सम्भावना रहेको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives