ज्यान मार्ने उद्योगमा दिपक मनाङेलाई ५ वर्ष जेल सजाय

राष्ट्र न्यूज सम्वाददाता
माघ २, २०७४
3008201608502530082016075414Deepak_Manange_at_Special_Court_03-1000×0-1000×0

काठमाडौं, २ माघ। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दिपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ।

न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो । तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको बताइएको छ।

मनाङे प्रदेशसभा चुनावमा मनाङ(ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भएका थिए ।

प्रदेशसभा सदस्यको सपथ नलिदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन्। यो फैसलासँगै उनको पद गएको छ ।

ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने अदालतले सफाइ दिएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives