सरकारले ग¥यो निर्णय, यी हुन् प्रदेश प्रमुख र अस्थायी राजधानी

राष्ट्र न्यूज सम्वाददाता
माघ ३, २०७४
sarkar

काठमाडौ– मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सात वटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ।

लामो समयदेखि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा रहेको अन्यौलतालाई तोड्दै सरकारले निर्णय गरेको हो।

कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए अनुसार, प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।

त्यस्तै, प्रदेश प्रमुखहरु पनि तोकिएका छन् । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भने ५ जना कांग्रेसको सिफारिसमा भएका छन्।

प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख तोकिएका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives