१९ औं माछापूच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

राष्ट्र न्यूज सम्वाददाता
माघ ५, २०७४
26940692_962612560556802_145507893_n

पोखरा, ५ माघ। नेपाल स्ट्रोङ्गेष्ट क्युकोशिन कराँते संघ कास्कीको आयोजना तथा नेपाल क्युकोशिन काइकान कराँते संघ कास्कीको समन्वयमा १९ औं माछापूच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता गरिएको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा ८० जना खेलाडी सहभागि थिए। प्रतियोगिता माघेसक्रान्तिको अवसरमा पोखराको ढुङ्गेसाँघुमा गरिएको थियो।

प्रतियोगिताको पुरुष खुल्ला तौल समूहतर्फ जीवन गुरुङ प्रथम, दिपक कुँवर द्वितिय, चन्द्रकान्त रिजाल र निर्मल घर्तिमगर तृतिय भएका छन्।

महिला खुल्ला तौल समूहतर्फ अस्मिता तामाङ प्रथम, सपना आले द्वितिय, सुनिता थापा र रोशनी गोतामे तृतिय भएका छन्। पुरुष २५ केजी तौल समूहतर्फ कमल हिताङ प्रथम, निश्चल थापा द्वितिय, गेहेन्द्र तामाङ र युसिन थापा मगर तृतिय भएका छन्।

त्यस्तै, पुरुष ४५ केजी तौल समूह अन्तर्गत रोमन सिंजाली मगर प्रथम, प्रविण नेपाली द्वितिय, साकार पुन र सुमन गुरुङ तृतिय भएका छन्। पुरुष ३५ केजी तौल समूह अन्तर्गत नरेन्द्र गुरुङ प्रथम, रविया कुमार द्वितिय, पासाङ तामाङ र आविष्कार राई तृतिय भएका छन्।

प्रतियोगिताको मुख्य ज्यूरीमा रत्न आले मगर, सहायक ज्यूरीमा कृष्ण नेपाली रहेका थिए भने मुख्य निर्णायकमा लक्ष्यबहादुर राना, गणेशबहादुर लामा, विजयकुमार आले, प्रकाशचन्द्र खाँड, एकराज गिरी र शान्ति डंगोल थिए।

विजयी खेलाडीहरुलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, नेपाल फुलकन्ट्याक्ट महासंघका केन्द्रीय उपाध्यक्ष शालिकराम कुँवरले शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका थिए।

प्रतियोगितामा उत्कृष्ठ खेलाडीका रुपमा उज्वल लामा मगर घोषित भएका थिए। उनलाई मिलिजुली डेकोरेशन सिष्टमको तर्फबाट पुरस्कार स्वरुप चाँदीको सिक्का प्रदान गरिएको थियो।

नेपाल क्युकोशिन काइकान कराँते संघ कास्कीका अध्यक्ष राजबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रम सदस्य आयुष नेपालीले संचालन गरेका थिए।
– सागर घताने (विद्यार्थी पत्रकार)

Related News

सम्बन्धित समाचार

Archives

Archives